काठमाडौं, ५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक बुधबार पनि बस्दै छ ।
सभापति रावि लामिछाने सहकारीको बचत रकम अपचलन आरोपमा पक्राउ परेपछि त्यसको विरोधमा आन्दोलन गरिरहेको रास्वपाले दोस्रो चरणको आन्दोलनको स्वरुपलगायतको विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको छ ।
सहप्रवक्ता प्रतिभा रावलका अनुसार यसअघि मंगलबार साँझ बसेको बैठकले ठोस निर्णय गर्न नसकेपछि पुनः बैठक बस्न लागेको छ ।
बैठक दिउँसो ३ बजे पार्टी कार्यालय चमती वनस्थलीमा बस्ने छ । आजको बैठकले पार्टीको दोस्रो चरणको कार्यक्रमबारे ठोस निर्णय लिने उनले बताइन् ।