काठमाडौं, मंसिर । उत्तरी गाजाको बेत लाहिया शहरमा इजरायली हवाई आक्रमणमा हालसम्म ३४ जनाको मृत्यु भएको छ ।
स्थानीय नागरिक सुरक्षा निकायले यसबारे जानकारी दिएको हो । एएफपीले एजेन्सीलाई उद्धृत गर्दै आक्रमणमा मारिनेमा अधिकांश महिला र बालबालिका रहेको बताएका छन ।
इजरायली सेनाले हमासलाई पुनः संगठित हुन नदिन उत्तरी गाजामा आक्रमण गरिरहेको बताएको छ भने इजरायली आक्रमणका कारण विगत पाँच हप्तामासवा लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । इजरायलको जवाफी कारबाहीका कारण गाजामा हालसम्म ४४ हजार मानिसले ज्यान गुमाएका छन्