काठमाडौं, ३ मंसिर । नेपाल सरकारका पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले राजीनामा दिएका छन् ।
राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका अर्यालले पदबाट राजीनामा दिएको जनाएको छ । आइतबार उनी राष्ट्रिय योजना आयोगमा हाजिर भएका थिए ।
केहीबेर त्यहाँका कर्मचारीसँग भलाकुसरी गरेर निस्किएका थिए । उनले योजना आयोगमै बुझाएको राजीनामाको निवेदन सनाखत गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता गरिएको छ ।
राजीनामा स्वीकृत हुन भने बाँकी रहेको प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीले बताएका छन् ।
मुख्यसचिव पदमा बहाल रहेकै अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बित भएका थिए ।