काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाई सम्मानसहित अन्तिम बिदाइ गरेका छन् ।
ढुंगानालाई श्रद्धाञ्जली दिन सोमबार उनको पार्थिव शरीर राखिएको स्थान सानो गौचरण पुगेर प्रधानमन्त्री ओलीले झण्डा र पुष्पगुच्छाबाट सम्मान गरेका हुन् ।
श्रद्धाञ्जलीसभामा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रीगण, विभिन्न पार्टीका नेता कार्यकर्ता र सामाजिक क्षेत्रका व्यक्तिहरू सहभागी थिए ।
प्रधानमन्त्री ओलीले ढुंगानामा मुलुकका लागि व्यवस्थित सोच पाइन्थ्यो भन्दै त्यही भएर सरकारले राष्ट्रिय सम्मानसहित अन्तिम बिदाइको निर्णय गरेको जनाए ।
ढुंगानाले देखाएको बाटोमा अघि बढ्न आफूहरु प्रतिबद्ध रहेको पनि प्रधानमन्त्रीले बताए ।