काठमाडौं, २ मंसिर । पूर्वसभाामुख दमननाथ ढुंगानाको निधन भएको छ ।
काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आज २ बजे ढुंगानाको निधन भएको उनका आफन्त सुरज भट्टराईले जानकारी दिएका छन ।
उनकाअनुसार ढुंगाना एक महिनादेखि बिरामी भएर उपचाररत थिए । उनले २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट जितेका थिए । ढुंगाना २०७४ को आमनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार भई पराजित भएका थिए ।