कैलाली, २ मंसिर । कैलालीमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।
बसको ठक्करबाट घोडाघोडी नगरपालिका–३ का ३८ वर्षीय दीपक कडेँलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
शनिबार बेलुका लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीमा सु.प.प्र. ०१–००१ ख ९९६ नम्बरको पवनदुत यातायातको बसले पैदलयात्री कडेँललाई ठक्कर दिएको थियो ।
दुर्घटनापछि गम्भीर घाइते उनलाई उपचारको लागि लालरत्न अस्पताल लम्की हुँदै टीकापुर अस्पताल लगिएको थियो । उपचारको क्रममा शनिबार राति कडेँलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस चालक लम्कीचुहा नगरपालिका–८ का ३२ वर्षीय नेत्र प्रसाद देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।