काठमाडौं, ३० कातिक । काठमाडौं महानगरपालिकाको नगरप्रहरीले गौशालामा अतिक्रमित संरचनामाथि डोजर चलाएको छ ।
शुक्रवार दिउँसो डोजरसहित पुगेको नगरप्रहरी बलले चक्रपथ सडक सीमाभित्र बनाइएको संरचनाहरुमा डोजर चलाएको छ । यसअघि पनि उक्त क्षेत्रमा नगरप्रहरीले डोजर चलाएको थियो ।
तर स्थानीयहरुले अटेर गरेर अतिक्रमित गरि बनाइएका घरटहरामा पसल, टिकट काउण्टर चलाउँदै आएको थियो ।
स्थानीयले उक्त संरचना हटाउन अटेर गरेपछि महानगरले डोजर लगाएर भत्काएको छ ।














