काठमाडौँ, ३० कातिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल सुरु भएको छ ।
छलफलमा भाग लिँदै ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले अख्तियारमा कसैले उजुरी दिँदा उसको नागरिकताको फोटोकपी अनिवार्य गर्न सुझाव दिएका छन् ।
उनले विधेयकमाथि संशोधन हाल्नुको कारण बेनामे उजुरी भएको भन्दै अबदेखि जनताले दुख नपाउन भनेर संशोधन हालेको बताए ।
मैले हालसम्म पनि दुख पाएको छु’, गुनासो गर्दै उनले भने, ‘अहिले कर्मचारी, जनता व्यापारी सबैले दुख पाएका छन् । जो मान्छेले उजुरी गर्छ नागरिकताको फोटोकपी मात्र अनिवार्य गरे ७० प्रतिशत अख्तियारमा उजुरी घट्छ ।’
अख्तियारमा पर्ने बेनामे उजुरीले अख्तियारका कर्मचारी पनि दिक्क भएको बताए ।