रौतहट, कार्तिक ३० । रौतहटको ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको निधन भएको छ ।
मिर्गौला रोगबाट पीडित साहको उपचारका क्रममा बिहीबार निधन भएको छ । वडाध्यक्ष साह २०७९ सालको स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट निर्वाचित भएका थिए ।
यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष बनेका थिए ।