काठमाडौं, २९ कात्तिक । परराष्ट्र मन्त्री डा. आरजु राणाको स्वागतमा फूलमालासहित उपस्थित हुन नेपाली कांग्रेस डडेलधुराले सर्कुलर जारी गरेको छ ।
कांग्रेस डडेलधुरा सभापति भीमबहादुर साउदले विज्ञप्ति निकालेर पार्टीका नेता कार्यकर्तालाई स्वागतमा उपस्थित हुन निर्देशन दिएका हुन् । शुक्रबार दिउँसो ३ः३० बजे डडेलधुरा बसपार्कमा फूलमालासहित स्वागतका लागि उपस्थित हुन साउदले एक विज्ञप्तिमार्फत् निर्देशन दिएका छन् ।
मन्त्री बनेपछि राणा पहिलोपल्ट जिल्लामा आउन लागेकाले स्वागतलाई औपचारिकता दिन लागिएको हुनसक्ने परराष्ट्रमन्त्री राणाका सल्लाहकार एकराज पाठकले बताएका छन ।