काठमाडौं, २८ कात्तिक । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको सञ्चालन र व्यवस्थापनका विषयमा निर्वाचन आयोगले अन्तरक्रिया गरेको छ ।
आयोगको कार्यालय, कान्तिपथ काठमाडौंमा भौतिक उपस्थिति र अनलाइन उपस्थिति (दुवै माध्यम)बाट सञ्चालित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनका सन्दर्भमा हालसम्म सम्पन्न गरेका तथा आगामी दिनमा सम्पन्न गर्नुपनेकामबारे संक्षिप्त जानकारी दिए ।
उपनिर्वाचन सम्बन्धी संवैधानिक एवम् कानूनी व्यवस्था, जनशक्ति, सामग्री, आर्थिक, सुरक्षा र सूचना प्रविधिको व्यवस्थापन, मतदान, मतगणना, आयोगको अपेक्षा र धारणा लगायतका विषयमा प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयुक्त, सचिव र सहसचिवहरूबाट सहजीकरण तथा अन्तरक्रिया गरिएको थियो ।