जनकपुर, २८ कातिक । विद्यापति ट्रष्ट परिवारले विद्यापति स्मृति पर्व २०८१ को अवसरमा जनकपुरमा भव्य समारोह आयोजना गरेको छ ।
यो कार्यक्रम विद्यापति चौकमा पुस्पवृष्टीसँगै शुरु भएको छ, जहाँ दुर्गा मन्दिरमा एक दिवसीय कार्यक्रमको आयोजन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि, नेपाली कांग्रेसका पूर्व उपसभापति र वर्तमान प्रतिनिधि सभा सदस्य, विमलेन्द्र निधीले आफ्नो सम्बोधनमा विद्यापतिको ऐतिहासिक योगदानलाई विशेष प्राथमिकता दिएका थिए ।
उनले भने, “भारत र नेपाल विभाजन हुनु अघि नै विद्यापतिको समृद्धि र योगदानको इतिहास रहेको छ ।“ उनले आधुनिक कालमा विद्यापति बस्ने गाउँ अहिले आधा नेपाल र आधा भारतमा फैलिएको उल्लेख गर्दै, विद्यापतिको सांस्कृतिक धरोहरको महत्त्वलाई जोड दिएका थिए ।
कार्यक्रममा बुधवार बिहान ११ः३० बजे देखि विद्यापति चौकस्थित दुर्गा मन्दिरमा कवि गोष्ठीको आयोजना गरिएको थियो । जसमा प्रमुख अतिथिको आगमनपछि विभिन्न विद्यालयका छात्र–छात्राले विद्यापति विषयक वक्तृत्वकला प्रस्तुत गरे ।
यसका साथै, मिथिला नाट्यकला परिषद्का कलाकारहरुले विद्यापतिको रचना र संगीतमा आधारित नृत्य प्रस्तुत गरे ।
कार्यक्रमको समापनमा, विद्यापति ट्रष्टका अध्यक्ष दीपक झाले भने, “विद्यापति हामी सबैका आदर्श कवि हुन्, र हामी सबैलाई उनको योगदानको सम्मान गर्नु पर्छ ।
उनले भने यस अवसरमा कवि, साहित्यकार, कलाकार, राजनीतिक नेता, र पत्रकारहरुको उपस्थिति रहेको थियो ।