काठमाडौँ, २८ कार्तिक । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशन कुलमान घिसिङले सरकारको निर्देशन बमोजिम विद्युत् लाइन काटिएका उद्योगमा तत्काल जोडिने बताएका छन् ।
बुधवार पत्रकार सम्मेलन गर्दै घिसिङले सकारको निर्णय कार्यान्वयन गर्नु प्राधिकरणको दायित्व भएकाले तत्काल लाइन जोड्ने बताएका हुन् । डेटिकेटेड तथा ट्रङ्क लाइन विवादमा प्राधिकरणले काटेको बिलअनुसारको रकम नतिरेका ३९ उद्योगको लाइन प्राधिकरणले कात्तिक ८ गते काटेका थिए ।
यसअघि पनि तीन पटक लाइन विच्छेद गर्दा तीनै पटक प्रशासनिक निर्देशन आएकाले प्राधिकरण पालना गर्दै आएको दृष्टान्त घिसिङले सुनाए । ‘१५ दिनभित्र उहाँहरूले नदिए हामीले गरेको बिल नबुझाए हामी आफ्नो प्रक्रियामा फेरी लाग्नेछौँ ।
उनले भने, ‘यो नेपाल सरकार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको दायित्वभित्र आएको छ भने १५ दिनभित्र बक्यौता नउठे सरकार र मन्त्रालय बक्यौता उठाउनेतर्फ लाग्ने विश्वास व्यक्त गरे ।