अजरबैजान, २८ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन् ।
अजरबैजानको बाकुमा सोमबारदेखि सुरु भएको कोप–२९ सम्मेलनका क्रममा किर्गिस्तानद्वारा आज यहाँ आयोजित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण पीडित हुनेहरूलाई न्याय दिने हो भने उनीहरूले भोगेका समस्यालाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने बताएका हुन्।
जलवायु परिवर्तनका प्रभाव हरेक वर्ष बढ्ने क्रममा रहेको र त्यसले नयाँ ‘रेकर्ड’ कायम गर्दै गएको बताउँद त्यसका कारण पर्वतीय क्षेत्र तुलनात्मक रूपमा बढी जोखिममा परेको ै राष्ट्रपति पौडेलको भनाइ थियो । उनले नेपाल र किर्गिस्तान दुवै पर्वतीय मुलुक भएकाले हामीहरूले भोगेका जलवायु परिवर्तनका असर र प्रभाव पनि समान छन् भने ।
साथै, नेपाल र किर्गिस्तानले विगतमा हिउँ चितुवा संरक्षणमा सहकार्य गरेको अनुभव उनले स्मरण गरे । सो कार्यक्रममा किर्जिकिस्तानका राष्ट्रपति, मंगोलियाका राष्ट्रपति, अजरबैजानका विदेश मामिलामन्त्रीलगायतले बोलेका थिए ।