काठमाडौं२७ कात्तिक । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव तस्करी तथा कीर्ते प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ओखलढुंगाका गुढी राई र नविन राई रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले अनलाइनखबरलाई बताए ।
तर, उनीसँगै जापान गएका खोटाङको केपीलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा नारिता विमानस्थलको अध्यागमनमा केरकारमा परेका थिए ।
सुरुमा उनीहरुले आरोप अस्वीकार गरेपनि मोबाइलमा सर्च गरेर हेर्दा नक्कली परिचय पत्र भेटिएको प्रहरीको भनाइ छ ।