जनकपुर, २७ कातिक । धनुषाको लक्ष्मीनिया गाउँपालिकामा स्थानीयवासीहरूले जारी गरेको आन्दोलनले समुदायमा चर्को असन्तोष पैदा गरेको छ ।
सक्रिय युवा संजालको अगुवाईमा मङ्गलबार लक्ष्मीनिया गाउँपालिकामा अध्यक्ष भोगेन्द्र मिश्रको विरुद्ध विरोध प्रदर्शन गरिएको थियो । संजालका अध्यक्ष रोशन यादवका अनुसार यस गाउँपालिकाका जनताहरू ५–६ महिनादेखि स्थानीय प्रशासनबाट प्रदान गरिने आवश्यक सेवाहरू र सुविधाहरूबाट वञ्चित रहशेकाके छन ।
सञ्जालका अध्यक्ष रोशन यादवले भने, “गाउँपालिकाबाट जनतालाई प्रदान गरिने सुविधाहरू जस्तै शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीहरूको तलब, बृद्ध भत्ता लगायतका सेवाहरू ५ महिना भन्दा बढी समयदेखि रोकिएको छ ।“
यसरी सुविधाबाट वञ्चित हुँदा स्थानीय बृद्धवृद्धाहरूको अवस्था कठिन बनेको छ, र उनीहरूले भत्ता नपाउँदा उपचारको लागि आवश्यक पैसा जुटाउन पनि सकिरहेका छैनन् ।
यही समस्याको विरोध गर्दै, लक्ष्मीनिया गाउँपालिकाका जनताले आन्दोलनको माध्यमबाट आफ्ना हक अधिकारको रक्षा गर्ने जनाएका छन् । “यदि अध्यक्ष मिश्रले जनताको समस्यामा सुधार ल्याउन नसके भने हामी थप कडा आन्दोल गर्न तयार छौं,“ यादवले थपे ।
सञ्जालका वरिष्ठ उपाध्यक्ष आर.पी. यादवका अनुसार, गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले आपसी प्रलोभनका कारण अहिले सम्म गाउँपालिकाको सभा नै बोलाउन सकेका छैनन् । यसले जनतालाई थप असुविधा र संकटमा पारेको छ । “सभा नगरेको कारण गाउँका समस्याहरू समाधान नहुनु र वार्डका विकास कार्यहरू प्रभावित हुनुले जनताको दैनिकीमा कठिनाइ ल्याएको छ,“
यादवले भने । सम्भावित समस्याहरू मध्ये बालबालिकालाई दिने पोषण भत्ता र वृद्ध भत्ता पनि प्रभावित भएका छन् । यस्ता भत्ताहरू नपाउँदा स्थानीय बृद्धवृद्धाहरू र बालबालिकाहरूको स्थिति झनै नाजुक बनेको छ ।
जनतालाई आशा र विश्वास छ कि यदि शीघ्र समाधानको पहल नगरेको खण्डमा, आन्दोलनले थप बल पाउनेछ । स्थानीय नेतृत्व र प्रशासनले जनताका समस्याहरू समाधान नगरेसम्म लक्ष्मीनिया गाउँपालिका त्यहाँका नागरिकको अधिकारको लागि संघर्ष जारी राख्ने छ ।