काठमाडौँ, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति र अतिवाद हुन नहुने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज मंगलबार जैनश्वेताम्बर तेरापेथी सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले धर्म निरपेक्ष मुलुकमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीतिकरण भए त्यसले समाजलाई बिथोल्ने बताएका छन ।
प्रधानमन्त्रीसँगको भेटमा आचार्य श्री महाश्रमणजीका शिष्य मुनि रमेशकुमारजी र मुनि रत्नकुमारजीलगायतले समाजमा नैतिकता, सद्भावना, र शान्तिका लागि आफूहरूले गर्दै आएका कामबारे अवगत गराएका थिए ।