काठमाडौँ, २७ कार्तिक । सहकारी ठगी, संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न रास्वपाका सभापति, पूर्व गृहमन्त्री रवि लामिछानेलाई भैरहवा ल्याएपछि रुपन्देहीका सहकारीपीडितले आज प्रदर्शन गरेका छन् ।
सदरमुकाम भैरहवाको बुद्धचोक र सरकारी वकिल कार्यालय नजिकै पीडितले प्रदर्शन गरेको हो ।
सुप्रिम सहकारीपीडित समूहको नाममा भैरहवाको बर्मेली टोल नजिकै जिल्ला अदालत प्रवेशद्वारमा भेला भएका पीडितले सहकारपीडितलाई न्याय दे, सहकारी ठग्न पाइँदैन, सहकारी ठगीको निष्पक्ष छानबिन गर, लगायतका नारा लगाएका थिए ।