KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश प्रदेश : नीति तथा प्राथमिकतामा स्थिरता आवश्यक छ : मुख्यमन्त्री सिँह

मधेश प्रदेश : नीति तथा प्राथमिकतामा स्थिरता आवश्यक छ : मुख्यमन्त्री सिँह

जनकपुर, २६ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सरकारको तहमा राजनीतिक परिवर्तनका कारण नीतिगत व्यवस्था र प्राथमिकतामा बदलाव आउन नहुने बताएका छन् ।

उनले अल्पमत र बहुमतका आधारमा कार्यपालिका परिवर्तन हुने शासकीय प्रणाली रहेकाले सरकारको दृष्टि, उद्देश्य र लक्ष्य प्राप्तिका लागि स्थायी सरकार अर्थात् कर्मचारीतन्त्र क्रियाशील हुनुपर्ने उल्लेख गरे ।

सुशासन कार्यान्वयन र सङ्घीयता कार्यान्वयनमा मधेश प्रदेशको अवस्थाबारे हाम्रो भिजन मिडियाले गरेको अध्ययनको सारसंक्षेप प्रस्तुतीकरण कार्यक्रममा सोमबार जनकपुरधाममा बोल्दै मुख्यमन्त्री सिँहले स्वास्थ्यमा पहुँच र सेवाप्रवाह, शिक्षाको सुनिश्तितता, विस्तार र गुणस्तर कायम, सिँचाइ तथा खानेपानी व्यवस्थापन, कृषिकार्यका लागि चाहिने सामग्रीको उपलब्धता र प्राप्ति आदि कार्य सरकारको प्राथमिक विषय भएकाले यसका लागि बाटो निर्धारण गर्ने दायित्व कर्मचारीहरूको भएको बताए ।

उनले भने, ‘एउटा सार्थक र परिमाणयुक्त गन्तव्यमा सरकारलाई पुगिरहनुपर्छ । त्यसक्रममा मैले केके गरेँ र ती काम गरिरहँदा आत्मसन्तुष्टि भयो कि भएन भन्ने कुराको समीक्षा राजनीतिक नेतृत्वसँगै कर्मचारी नेतृत्वले पनि गर्नुपर्छ ।’

मुख्यमन्त्री सिँहले रिक्तता र बेथिति छन् भन्दैमा सरकार यथास्थितिमा नरहने औँल्याउँदै चुनौतीहरूलाई उछिन्न कर्मचारीमा उत्प्रेरणा र क्रियाशीलता आवश्यक भएको चर्चा गरे ।

केही समयअघि आफैँले मन्त्रालयलगायत विभिन्न स्वास्थ्य एकाइहरूमा छड्के गरेको भन्दै मुख्यमन्त्री सिँहले कर्मचारीको उपस्थिति र सेवाप्रवाहको प्रभावकारिताबारे मन्त्रालयका सचिवहरूले नियमित ख्याल गर्नुपर्ने बताए ।

उनले अध्ययनक्रममा देखिएका कमीकमजोरीबारे समीक्षा गरी तिनलाई सच्चयाउन विभिन्न मन्त्रालयका नेतृत्वलाई निर्देशन दिए । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले जनतालाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्ने भन्दै भूगोललाई नभई जनसँख्यालाई सेवा पुर्याउनुपर्ने बताए ।

उनले भने, ‘मान्छे नभएको ठाउँमा जङ्गल उम्रिन्छ, मान्छे भएको ठाउँमा घर बन्छ र सेवा घरलाई चाहिन्छ ।’ उनले भ्रष्ट्राचारको विरोध, पारदर्शिता र इगभर्नेन्सजस्ता विषयबाट सुशासन प्रवद्र्धन हुने भन्दै जनशक्ति तथा संयन्त्रको क्षमता अभिवृद्धि, कार्यमा प्रभावकारिता तथा विस्तारबाट समेत असल शासनमा मद्दत पुग्ने उल्लेख गरे ।

अध्ययन प्रतिवेदनमा प्रदेशको समृद्धिका लागि राजनीतिक एकता, नीतिगत स्थिरता, सामूहिक प्रतिबद्धता, कर्मचारीहरूमा उच्च उत्प्रेरणा र इच्छाशक्ति, आवश्यकताका आधारमा कार्यक्रम निर्माण आदि सुझाइएको छ ।

Facebook Comment

Related Posts

कक्षा १२ को नतिजा सार्वजनिक, ३५ दिनमै रिजल्ट

कक्षा १२ को नतिजा सार्वजनिक, ३५ दिनमै रिजल्ट

अमेरिका-इरान सम्झौतामा ढिलाइ, उच्चस्तरीय भेटघाट स्थगित

अमेरिका-इरान सम्झौतामा ढिलाइ, उच्चस्तरीय भेटघाट स्थगित

एक्सेल सिट हाइड हुँदा बजेट विवरण छुट्यो : अर्थमन्त्री वाग्ले

आर्थिक वर्ष २०८३/८४ को बजेट सम्बन्धी विनियोजन विधेयक पारित

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar