काठमाडौं, २६ कात्तिक । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ डार्केफाँट सडकमा बोलेरो जीपको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ ।
ताल्तीबाट मलेखुतर्फ छुटेको बा २० च १९९९ नम्बरको बोलेरो जीपको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–२ बस्ने १९ वर्षीया अनिशा मिजारको आज दिउँसो मृत्यु भएको हो ।
साथै, बोलेरोको ठक्करबाट घाइते भएकी एक जना पैदलयात्रीलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ। बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।