कैलाली, २६ कातिक । कैलालीमा बाख्रा चोरी गरेको निहुँमा एक जनाको हत्या गरिएको छ । गौरीगङ्गा नगरपालिका–११ को कान्तिपुर बस्ने ३० वर्षीय सुरेश भुलको बाख्रा चोरीको निहुँमा कुटपिट गरि हत्या गरिएको प्रहरीले जनाएको छ ।
यही २४ गते साँझ ६ बजेतिर १०÷१५ जनाको समूहले उनीमाथि आक्रमण गरेको मृतकका आफन्तले बताएका छन् । गाउँमा एउटा बाख्रा हराएको थियो उहाँले भेटेर आफ्नो मेडिकल नजिकै बाँध्नु भएको थियो ।
हराएको बाख्रा भेटेकोमा धन्यवाद दिनुपर्नेमा उल्टै निर्घात कुटपिट गरे । कुटपिटबाट घाइते भएको भुलको सोमबार बिहान धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भएको थियो ।
अहिलेसम्म प्रहरीले पाँच जनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिएका छन ।