काठमाण्डौँ, २५ कार्तिक । कालीकोटमा यात्रुवाहक जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
कालीकोटको पलाँता गाउँपालिका– ३ राढुनेटामा आज दिउँसो जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
२० जना सवार बोलेरो जिप पलाँताको वडा नम्बर ३ बाट वडा नम्बर ९ तर्फ जाँदै थियो । ८ जनाको घटनास्थलमै मृत्यु भएका हो । जिपको नम्बर खुलिसकेको छैन। जिल्ला प्रहरी कार्यालय बाट टोली परिचालित भइसकेको छ ।