काठमाडौँ, २५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश समितिले सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकीकरण गर्न पार्टीको केन्द्रीय समितिलाई सुझाव दिएको छ ।
लुम्बिनी प्रदेश सभापति देवराज पाठकले उपसभापति एवं केन्द्रीय आन्दोलन परिचालन समितिका संयोजक डीपी अर्याललाई शनिबार (२४ कात्तिकमा) पत्र लेखेर वैकल्पिक शक्तिहरूसँग पार्टी एकीकरणका लागि वार्ता समिति बनाउन पनि सुझाव दिएका छन् ।
राज्यसत्ता विरोधी आन्दोलनको वातावरण बनाउनका लागि नयाँ वैकल्पिक शक्तिसँग मिल्नुपर्ने पाठकले पत्रमा उल्लेख गरीएका छन् ।