KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विवाह पञ्चमी महोत्सवको तयारी सुरु, मधेस सरकार इच्छुक देखिए

विवाह पञ्चमी महोत्सवको तयारी सुरु, मधेस सरकार इच्छुक देखिए

जनकपुर, २४ कातिक । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले विवाह पञ्चमी महोत्सव तयारीका क्रममा जानकी मन्दिरमा सर्वपक्षिय बैठक गरेर रामजानकी विवाह पञ्चमी महोत्सवमा यसपटक अयोध्याबाट जन्ती आउने भएको छ र पाँच सयभन्दा बढीको सङ्ख्यामा आउने सो जन्तीको स्वागत लगायतको तयारी पनि सुरु भइसकेको छ ।

विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री राजेन्द्र सिंह पंकज, रामजन्म भूमि तीर्थ क्षेत्र ट्रष्टका चम्पत राय लगायतका व्यक्ति जन्तीमा सहभागी भएर आउन लागेको महन्थ दासले बताए ।

विवाह पञ्चमी महोत्सवमा जन्ती आउन अयोध्याका सन्तमहन्तलाई आमन्त्रण गर्न आगामी मङ्सिर १ गते जानकी मन्दिरबाट तिलक लगिने भएको छ । सीताराम विवाह महोत्सवको अवसरमा अयोध्याबाट जन्ती आउने गरेको छ ।

मिथिलामा जन्ती आउनुभन्दा अगावै बेहुलालाई तिलक चढाउने चलन छ । त्यस परम्परालाई निर्वाह गर्दै जानकी मन्दिरले अयोध्या तिलक पठाउने तयारी गरेको महन्थ दासले जानकारी दिए ।

विवाह महोत्सवमा जन्तीको निम्तोका लागि तिलक लिएर जान मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह इच्छुक देखिएका छन् । यद्यपि मुख्यमन्त्री सिंहले तिलकमा अयोध्या जाने विषयमा निर्णय भइनसकेको बताए ।

उनले तिलकको अगुवाइ गर्न आफूलाई आग्रह गरिएको भए पनि त्यस सम्बन्धमा भारतीय पक्षबाट औपचारिकता पूरा भएपछि निर्णय लिने बताए । आगामी दुई÷तीन दिनभित्रै यस सम्बन्धमा निर्णय लिने मुख्यमन्त्री सिंहले जनाए । अयोध्याबाट जन्तीको अगुवाइ राम मन्दिर ट्रष्टका सचिव सम्पत्त रायले गर्ने बताइएको छ ।

जन्तीमा मनिराम छाउनीका उत्तराधिकारी महन्त कमलनयन दास, ऋषिकेषका महन्त डा रामेश्वर दास, दिगम्बर अखाडाका महन्त, सतुवा बाबाको आश्रमका मुख्यमहन्तलगायत ५०० बढीको सहभागिता रहने बताइएको छ ।

मंसिर २१ गते सीताराम विवाह महोत्सवको मूल समारोह हुनेछ । त्यसमा अयोध्याबाट आउने जन्तीको सहभागिता रहनेछ । अयोध्याबाट प्रस्थान गर्ने जन्तीको मार्ग, समय र रात्रि विश्रामस्थल निर्धारण गरिएको छ ।

अयोध्याबाट मङ्सिर ११ गते जन्ती प्रस्थान गर्नेछ । कारसेवकपुरम अयोध्याधामबाट बिहान साढे ८ बजे प्रस्थान गर्ने जन्ती गुसाइकुञ्ज, अम्बेडकर नगर, बसखारी हुँदै रात्रि विश्राम आर्यमगढ(आजमगढ)मा हुनेछ ।

दोस्रो दिन जन्ती आर्यमगढबाट मऊ, रसडा, फैफना कारो हुँदै रात्रि विश्राम बिहार राज्यको बक्सरमा हुनेछ । तेस्रो दिन बिहान बक्सरबाट प्रस्थान गरी ब्रम्हा स्थान चौराहा, आरा, बिहटा, दानापुर हुँदै रात्रि विश्राम पाटली पुत्र पटनामा हुनेछ ।

चौथो दिन पटनाबाट हाजीपुर वैशाली हुँदै काँटीमा रात्री विश्राम हुनेछ । त्यस दिन दिवा विश्रामको स्थान टु्ङ्गो लागेको छैन । पाँचौँ दिन शाँटीबाट प्रस्थान गर्ने जन्ती शिवहर, रुन्नी सैदपुर हुँदै सीतामढीको पुनौराधाममा रात्रि विश्राम गर्ने छ ।

छैठाँै दिन सीतामढीबाट पुपरी, अहिल्यास्थान हुँदै बेनीपट्टीमा रात्रि विश्राम हुनेछ । सातौँ दिन बेनीपट्टीबाट बासोपट्टी, विसौल, फुलहरहुँदै रात्रि विश्राम मधवापुर मटिहानीमा हुनेछ ।

आठौँ दिन मङ्सिर १८ गते जन्ती मटिहानीबाट जलेश्वर, पिपरा हुँदै साँझ नगरदर्शन गरी मिथिलापुरी जनकपुरधाममा विश्राम गर्नेछ । नवौँ दिन जन्ती सीताराम विवाह महोत्सवको अवसरमा मङ्सिर १९ गते अपराह्न २ बजे राम मन्दिरमा आयोजना हुने तिलकोत्सवमा सहभागी हुनेछ ।

मङ्सिर २० गते १०औँ दिन जन्ती बिहान धनुषाधामको दर्शन र दिउँसो गङ्गासागरमा आयोजना हुने मटकोर समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।

यस्तै ११औँ दिन मङ्सिर २१ गते सीताराम विवाह महोत्सवको मूल समारोहमा आयोजना हुने बाह«बिघा (रङ्गभूमि) मा आयोजना हुने स्वयंवर, त्यस पश्चात नगर भ्रमण र रात्रिकाल विवाह महोत्सव समारोहमा जन्ती सहभागी हुनेछ ।

यसैगरी १२औँ दिन बिहान जानकी मन्दिर परिसरमा सीताराम महाभिषेकम् ९५१ तीर्थस्थलको जलबाट अभिषेक गरिने र रामकलेवा बिदाइ भोजमा सहभागी भइ रात्रि सामूहिक विवाह कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम छ ।

तेह«ौँ दिन जन्ती बिहान जनकपुरधामबाट अयोध्याधाम फर्कने छ ।

Facebook Comment


Related Posts

प्रतिनिधिसभा नियमावलीको मस्यौदा आज सभामुखसमक्ष पेश हुँदै

प्रतिनिधिसभा नियमावलीको मस्यौदा आज सभामुखसमक्ष पेश हुँदै

सिरहा कारागारबाट २३ कैदी नियन्त्रणमा

सिरहा कारागारबाट २३ कैदी नियन्त्रणमा

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

विवाहमा झगडा हुँदा युवकको हत्या

विवाहमा झगडा हुँदा युवकको हत्या

विश्वविद्यालयमा राजनीति अन्त्य गर्न सरकारको निर्णायक कदम

विश्वविद्यालयमा राजनीति अन्त्य गर्न सरकारको निर्णायक कदम

आगामी बजेटका लागि सरकारको आन्तरिक छलफल सम्पन्न

आगामी बजेटका लागि सरकारको आन्तरिक छलफल सम्पन्न

ताजा समाचार

प्रतिनिधिसभा नियमावलीको मस्यौदा आज सभामुखसमक्ष पेश हुँदै

प्रतिनिधिसभा नियमावलीको मस्यौदा आज सभामुखसमक्ष पेश हुँदै

सिरहा कारागारबाट २३ कैदी नियन्त्रणमा

सिरहा कारागारबाट २३ कैदी नियन्त्रणमा

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

विवाहमा झगडा हुँदा युवकको हत्या

विवाहमा झगडा हुँदा युवकको हत्या

विश्वविद्यालयमा राजनीति अन्त्य गर्न सरकारको निर्णायक कदम

विश्वविद्यालयमा राजनीति अन्त्य गर्न सरकारको निर्णायक कदम

आगामी बजेटका लागि सरकारको आन्तरिक छलफल सम्पन्न

आगामी बजेटका लागि सरकारको आन्तरिक छलफल सम्पन्न


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar