दाङ, २१ कार्तिक । दाङको देउखुरीमा बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् ।
लमही नगरपालिका– ३ वनगाउँमा दुई वटा बस एकापसमा ठोक्किँदा दुर्घटना भएको वडा प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारीका छन
बुटवलबाट सुर्खेतका लागि गुडेको लु१ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवलका लागि गुडेको रा १ ख २५८१ नम्बरको बस एक आपसमा ठोकिएका थिए । सामान्य घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई बाहिर पठाएको छ ।