जनकपुर, २० कातिक । जनकपुर जसलाई आफैँ एक धार्मिक र सांस्कृतिक धामको रूपमा चिनिन्छ तर यहाका जनता अहिले अन्धकार र सफा नगरको समस्या भोगिरहेको छ ।
जनकपुर उपमहानगरपालिकाका वार्ड नं ९ मा रहेको जानकी हाई स्कूलको उत्तरपट्टी स्थित साकेत नगर (पाकबत्रीसर पोखरी) जाने मुख्य बाटोमा सडक बत्ती नलाग्दा यहाँका स्थानियहरु समस्यामा परेका छन् ।
तिहार र छठ पर्वको बीचमा जसले जनकपुरको वातावरणलाई उज्यालो र छठघाट बनाउने अपेक्षा गरिएको थियो, यस मार्गको अन्धकारले नागरिकलाई असहज बनाएको छ । साकेत नगरका स्थानियहरुले बताउँछन् कि यो बाटो रातिको समयमा अन्धकारले भरिएको छ, जसका कारण जनजीवनमा कठिनाई थपिएको छ ।
यो बाटो अन्धकारले ढाकिएको छ । राति यहाँ हिँड्न निकै डर लाग्छ, अनि सुरक्षा पनि कमजोर महसुस हुन्छ,“ साकेत नगरका एक स्थानियले भने । यहाँका स्थानीयहरु यस समस्यालाई निकै गम्भीर रुपमा लिएको छ र अन्ध्यारोका कारणले अनैतिक क्रियाकलापलाई समेत निम्त्याएको बताइरहेका छन् ।यस क्षेत्रका एक युवा समाजसेवी ध्रवेश झाले बताए अनुसार, “पाकबतीसर पोखरी अहिले धेरै फोहरले भरिएको छ, जसले छठ पर्वको धार्मिक अनुष्ठानमा पनि कठिनाइ पुर्याएको छ । पोखरीमा पानीको स्तर घटेको छ र फोहरको कारण वातावरण प्रदूषित बनेको छ । यसले स्थानियलाई निकै नै समस्या दिएको छ ।
साथै, स्थानियहरुको गुनासो छ कि यस क्षेत्रको समग्र सफाइ र प्रकाशको व्यवस्थामा ध्यान नदिएको छ । वार्ड नं ९ का वडाध्यक्ष प्रमेश्वर साहले यस समस्याप्रति कुनै चासो नदिएको आरोप स्थानियहरुले लगाएका छन् ।यस समस्यालाई समाधान गर्न नगरपालिकाबाट ठोस कदम चालिने अपेक्षा गरिएको छ, ताकि जनकपुरको धर्मिक र सांस्कृतिक छवि पुनः उज्यालो र सफा बनोस ।