काठमाडौं, २० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् ।
प्रधानमन्त्रीको स्वास्थ्यमा प्रतिकूलता देखिएको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिएका छन । प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।
अस्वस्थताका कारण उनले आज अत्यावश्यकबाहेक अन्य भेटघाटका कार्यक्रम नराखेको उनको सचिवालयले जनाएको हो ।