काभ्रे, २० कार्तिक । काभ्रे जिल्लाको रोसी गाउँपालिका वडा नं ३ स्थित भञ्ज्याङगाउँमा सिलौटाको लोहोरो प्रहार गरी छोराले आमाको हत्या गरेका छन् ।
कात्र्तिक १६ गते अपरान्ह चार बजेको समयमा रोशी गाउँपालिका वडा नं ३ स्थित भञ्ज्याङगाउँकी ६९ वर्षीया माईली लामालाई उनकै कान्छो छोरा २८ वर्षीय फुर्साङ लामाले सिलौटाको लोहोरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिए ।
सिलौटाको लोहोरो प्रहार गरी आमाको हत्या गर्ने अभियुक्त लामालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले मङ्गलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै प्रहरी उपरीक्षक खड्काले माइली लामा आफ्नै घरको भान्सा कोठामा टाउकोमा चोट लागि मृत अवस्थामा रहेको भन्ने खबर प्राम हुनासाथ प्रहरी चौकी खहरेपाँगु, इलाका प्रहरी कार्यालय मङ्गलटार र जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकबाट खटिएको टोलीले प्रारम्भिक अनुसन्धान गरी मृतकको कान्छो छोरा वर्ष २८ को फुर्साङ लामालाई पक्राउ गरिएको जानकारी दिएका छन ।