काठमाडौं, २० कात्तिक । सर्लाहीमा अनियन्त्रित भई पोखरीमा खसेर डुबेको कारबाट दुई जनाको शव निकालिएको छ ।
सशस्त्र प्रहरीको उद्धार टोलीले आज बिहान साढे ८ बजे महोत्तरीको गौशाला नगरपालिका–१० का सुरेश महतो (चालक) र सोनमा गाउँपालिका–८ का रामाकान्त ठाकुरको शव पोखरीबाट निकालेको हो ।
बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार आज बिहान सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा डुबेको थियो । गोताखोर टोलीले पोखरीमा डुबेको कार निकालिएको छ ।
पोखरीमै रहेको निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कारमा सवार गौशाला–२ का अन्दाजी ३१ वर्षीय जनक यादव भने पौडिएर बाहिर निस्किएका थिए ।