एजेन्सी , भारतको उत्तरी राज्य उत्तराखण्डमा सोमबार बस गहिरो खोलामा खस्दा २२ जनाभन्दा बढीको मृत्यु हुनुका साथै अन्य दुई दर्जन भन्दा बढी घाइते भएको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् ।
दुर्घटना उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको मार्चुला क्षेत्रमा सोमबार बिहान ८ः३० बजे भएको प्रहरी अधिकारीले बताए । मार्चुला पहाडी राज्य उत्तराखण्डको पर्यटकीय गन्तव्यमध्ये एक हो ।
दुर्घटनामा घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ भने घटनास्थलमा उद्धार टोली तैनाथ गरिएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा सबै स्थानीय रहेका छन् ।
पोढीबाट रामनगरतर्फ गइरहेको निजी बस दुर्घटनाग्रस्त भएको जनाइएको छ ।