धनुषा, १९ कात्तिक । छठ पर्वका लागि जनकपुरधाममा मात्र पाँच करोड रुपैयाँ बराबरको केरा भारतबाट आयात गरिएको छ ।
जनकपुरधाममा गोपाल र वंशीभोग केरा नेपालको सप्तरीस्थित भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा केरा भारतको आसाम, गोहाटी, बंगाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी बताएका छन ।
प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च ६ लाख पर्छ र बजारमा प्रत्येक केराको घरीलाई पाँच सयदेखि एक हजारसम्म मूल्यमा बिक्री गरिन्छ ।
नेपालमा केरा उत्पादनको प्रचुर सम्भावना भए पनि मागअनुसार उत्पादन नहुँदा हरेक वर्ष भारतबाट आयत गर्नु परिरहेको व्यवसायीको भनाइ छ ।