जनकपुर, १८ कात्तिक । धनुषा प्रहरीले जुवाको खालबाट ९ लाख रकमसहित ३९ जनालाई पक्राउ गरेको छ ।
क्षिरेश्वरनाथ नगरपालिका ६ सखुवा बजारको सार्वजनिक दलानमा जुवा खेलिरहेको अवस्थामा ३९ जनालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले जानकारी दिनुभएको छ ।
डिएसपी सिंहका अनुसार एउटै हलमा जुवा खेलिरहेका उनीहरुको साथबाट ९ लाख ७३ हजार ८७० रुपैयाँ बरामद गरिएको छ ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी सिंहले बताएका छन ।