जनकपुर, १८ कार्तिक । तिहारको मुख्य दिन आज भाइटीका र भरदुतिया पर्व मनाइँदै छ ।
दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँन्छ । दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ।
टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ ।
टीकाका लागि उत्तम साइत ११ बजेर ३७ मिनेट तोकिएको छ । पूजा सकिएपछि दाजुभाइलाई मिठाईलगायत परिकार खुवाउने चलन छ ।
तिहारको भाइटिका र यो पर्वको मान्यता एउटै भए पनि ठाउँ अनुसार मनाउने विधि भने फरक फरक पाइन्छ ।