जनकपुर, १३ कातिक । हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार आज विधिवत् रूपमा आरम्भ भएको छ । यस दिनलाई धनतेरस पनि भनिन्छ ।
धनतेरसको अवसरमा बहुमूल्य सुन, चाँदी, भाँडाकुँडा वा सवारी साधन किनमेल गर्ने चलन रहेको छ । जनकपुरका विभिन्न चौकहरूको बजारमा भिड लागेको छ ।
विशेषगरी जानकीचौक, रामचौक, महाबिरचौक, जनकचौक, र शिवचौकमा किनमेल गर्नेहरूको ठूलो चहलपहल देखिएको छ ।
आज साँझदेखि झिलीमिली बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना सुरु गरिन्छ । यस वर्षको तिहारमा लक्ष्मी पूजाको दिन कात्तिक १५ गते पर्नेछ ।
भाइटीका भने कात्तिक १८ गते मनाइनेछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ ।