काठमाडौं, १२ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालुवाटारमा विरोध प्रदर्शन गरेको छ ।
पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनमा उत्रिएका रास्वपाले आज बालुवाटारमा प्रदर्शन गरेका छन ।
प्रदर्शनका क्रममा बालुवाटारबाटै पार्टीका काठमाडौं जिल्ला सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जनलगायत १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले वक्तव्य जारी गरी शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा प्रहरीले दमन गरेको बताउँदै भर्त्सना गरेका छन् ।
शान्तिपूर्ण विरोधका कार्यक्रम गर्न पाउने संवैधानिक हक हनन् लोकतान्त्रिक मूल्य–मान्यताको चरम उल्लङ्घन हो’, उनले भनेका छन् । रास्वपाले बालुवाटारको नेपाल हाउस नजिक प्रदर्शन गर्ने बताए पनि प्रहरीले रोकेपछि केही तल भाटभटेनी नजिक पीपल बोटमा प्रदर्शन गरेको छ ।
सहकारी ठगीमा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले पोखरा हुँदै काठमाडौंमा आन्दोलन जारी राखेको छ । लामिछाने कास्की प्रहरीको हिरासतमा रहेका छन् ।