काठमाडौं, १२ कात्तिक । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने विषयमा सरकार प्रष्ट रहेको बताएका छन् ।
सिंहदरबारस्थित प्रतिनिधिसभा, राज्य व्यवस्था था सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । सरकार भ्रष्टाचार निवारण÷नियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा प्रष्ट रहेको उनले बताएका छन ।
विधेयकलाई आउँदो अधिवेशनबाट पूर्ण रुपले पारित गरेर कार्यान्वयन गर्न र प्रचलनमा ल्याउन समितिले टुङ्गोमा पु¥याएर सङ्घीय संसद्को अधिवेशनमा प्रस्तुत गर्नुपर्ने उनले बताए । गृहमन्त्री लेखकले भ्रष्टाचारलाई न्यूनीकरण गरेर यसमा शून्य सहनशीलताको नीति अवलम्बन गरेर मुलुकमा सुशासनको प्रत्याभूति गर्न सरकार प्रतिबद्ध रहेको बताए ।