दोलखा, ११ कात्तिक । दोलखाको उत्तरी क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु लामिडाँडा आसपास रहेको छ । भूकम्पले पुर्याएको क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
क्षतीबारे जानकारी लिने काम भइरहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।