बारा, ११ कात्तिक । अज्ञात समूहले धारिलो हतियार प्रहार गरी बारामा एक जनाको हत्या गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाका अनुसार महागढीमाई नगरपालिका–१ नैकाटोलमा स्थानीय ५० वर्षीय श्रीनारायण यादवको हत्या भएको छ ।
शनिवार राति करिब ८ बजे घर नजिकैको सडकमा उनीमाथि गर्धनमा धारिलो हतियार प्रहार भएको थियो ।
उनको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । हत्याबारे थप अनुसन्धान भइरहेको डिएसपी सापकोटाले बताए ।