काठमाडौं, ९ कार्तिक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाहरु विकासको बलियो स्तम्भ भएको बताएका छन् ।
आज नागरिक समाजको प्रतिवेदनमाथिको राष्ट्रिय परामर्श कार्यक्रमको उद्घाटन गर्दै मन्त्री साहले महिलाहरु विकासको बलियो स्तम्भ भएको कारण आफू महिला अधिकार सुनुश्चित गर्नको लागि तत्पर रहेको बताएका हुन् ।
म महिला अधिकारको लागि निरन्तर तत्पर रहेको छु र महिला र बालबालिकाहरुका लागि सहज र समान समाज विकासको लागि आवश्यक नीति निर्माण गर्नुको साथै सहभागितामूलक बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।














