हेटौँडा, ६ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्योपचार सेवालाई निःशुल्क गर्नेगरी काम भइरहेको बताएका छन् ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले आज यहाँ आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा उनले स्वास्थ्य मन्त्रालय र मातहतका निकायले नागरिकलाई उपचारभन्दा पनि बिरामी हुनै नदिने गरी सुसूचित गनेचेतनामूलक कार्यक्रम ल्याउन आग्रह गरे ।
स्वास्थ्यमन्त्री किरण थापामगरले सङ्घीयता लागू भएपछि अस्पतालका प्राविधिक तथा अन्य जनशक्तिमा वृद्धिका साथै स्वास्थ्य क्षेत्रमा व्यापक सुधार भएको बताए ।