काठमाडौँ, ६ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बचाउमा आज पनि प्रदर्शन गरिएको छ ।
रास्वपाले पार्टी सभापति लामिछानेको बचाउमा पोखरामा चौथो दिन पनि प्रदर्शन गरेको हो । रास्वपाले लामिछाने पक्राउको विरोधमा पोखराको जीरो किलोमिटरदेखि अमरसिंह चोकसम्म प्रदर्शन गरेको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा काठमाडौँबाट पक्राउ परेको लामिछानेलाई सोही राति पोखरा पु¥याइएको थियो ।
लामिछानेलाई पक्राउकै दिनदेखि गणना हुने गरी कास्की अदालतले ६ दिन म्याद पनि थपेको छ । रास्वपा नेता कार्यकर्ताहरू शनिबारदेखि पोखरामा केन्द्रित भएका छन् ।