काठमाडौं, ५ कार्तिक । अमेरिकी प्रतिनिधि सभाका सभामुख माइक जोन्सनले इरानमाथि इजरायली हमलाको योजनासँग सम्बन्धित कागजातहरू लीक भएको कुराको अमेरिकाले अनुसन्धान गरिरहेको पुष्टि गरेका छन् ।
लीक कागजातमा इरानमा इजरायली आक्रमण योजनाहरूको अमेरिकी मूल्याङ्कन समावेश थियो। लीक भएका कागजातहरू गत हप्ता अनलाइन पनि प्रकाशित भएको बताइएको छ ।
गत हप्ता प्रकाशित कागजातहरूमा इजरायली सेनाले अक्टोबर १ मा इरानको मिसाइल आक्रमणको जवाफ दिन तयारी गरिरहेको फोटोहरू समावेश छन् । सन् २०२४ मा इरानले इजरायलमा गरेको यो दोस्रो आक्रमण हो ।
यसअघि अप्रिल महिनामा पनि इरानले इजरायलमा आक्रमण गरेको थियो ।