काठमाडौं, ५ कार्तिक । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।
सोमबार साँझ सवा ५ बजेका लागि तय भएको बैठक स्थगित भएको एक मन्त्रीले जानकारी दिनुभएको छ । प्रधानमन्त्रीको सचिवालयले साँझ सवा ५ बजे मन्त्रिपरिषद् बैठक राखिएको जानकारी गराएको थियो ।
यद्यपि अन्तिम अवस्थामा बैठक स्थगित भएको छ । आजको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशबारे छलफल हुनसक्ने बताइएको थियो ।