काठमाडौँ, ५ कार्तिक । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति बढीमा १५१ सदस्यीय हुने प्रस्ताव गरिएको छ ।
जसमा एक जना अध्यक्ष, पाँच जना उपाध्यक्ष, एक जना महासचिव, उपमहासचिव दुई, सात जना सचिव र एक जना कोषाध्यक्ष रहनेछ । नेसपाको संगठनात्मक स्वरूप र संरचना अन्तर्गत पार्टीको सर्वोच्च निकाय राष्ट्रिय महाधिवेशन रहनेछ ।
यस्तै संघीय परिषद्, केन्द्रीय समिति, केन्द्रीय राजनीतिक समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय
विज्ञ परिषद्, केन्द्रीय अनुशासन तथा सदाचार आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा आयोग र विभागहरू रहनेछ ।