काठमाडौं, ३ कार्तिक । चितवनमा प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको थुनुवा घरमा राखिएका एक व्यक्ति मृत अवस्थामा भेटिएको छ ।
आपराधिक लाभ कसुर मुद्दामा यही कात्तिक १ गते पक्राउ परेका रत्ननगर नगरपालिका–१३ का ४५ वर्षीय महमद क्यामोदिन थुनुवा कक्षको बाथरुममा मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।
आज बिहान ४ः४५ वजे बाथरुमको ढोका छेउमा घोप्टो परेको अवस्थामा भेटिएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ ।
उनलाई बिहान ६ वजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।














