काठमाडौं, ३ कार्तिक । पूर्व गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछानेलाई पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज काठमाडौँ र पोखरामा प्रदर्शन गर्ने भएको छ ।
राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले शनिबार काठमाडौँ र पोखरामा प्रदर्शन गर्न लागेको छ ।
शनिबार बिहान ११ बजे पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा र दिउँसो १ बजे काठमाडौँको माइतीघरमा राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यवद्धताका लागि रास्वपाले सबैमा अपिल गरेको छ ।
शनिबार साँझ काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई गएराति नै प्रहरीले पोखरा पुर्याएको छ ।