जनकपु, २ कार्तिक । जनकपुर उप महानगरपालिका वार्ड नं २४, बसहियामा धस्ना परेर पाँच जना स्थानीय घाइते भएका छन् ।
उनीहरू दिपावलीको अवसरमा घर आँगन निप पोत गर्नका लागि माटो ल्याउन गएका थिए । राष्ट्रिय प्राथमिक विद्यालयको उत्रपटिमा रहेको लक्ष्मी सागरबाट माटो लिँदै गर्दा यो घटना भएको वार्ड नं २४ का वडाध्यक्ष उपेन्द्र सहनीले जानकारी दिएका छन् ।
घाइते हुनेमा ३५ वर्षीया रिता देवी मुखिया, ७ वर्षीया मेघा कुमारी मंडल, ६ वर्षीया कल्पना मंडल, १३ वर्षीया चाँदनी मुखिया र ४० वर्षीया निर्मला देवी दास रहेका छन् ।
प्रदेशिक अस्पताल जनकपुरका मेडिकल अफिसर रमेश यादवका अनुसार, पाँचै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूलाई यस अस्पतालबाट उचित उपचार भइरहेको छ ।
यस्ता घटनाहरूको पुनरावृत्ति नहोस् भन्ने कुरामा स्थानिय सरकारले ध्यान दिनु आवश्यक छ ।