काठमाडौं, २ कात्तिक । इजरायली कारबाहीमा हमास प्रमुख याह्या सिनवार मारिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वकै लागि राम्रो दिनको रूपमा टिप्पणी गरेका छन् ।
इजरायली अधिकारीहरूले मेरो राष्ट्रिय सुरक्षा टोलीलाई हमास नेता याह्या सिनवार गाजामा उनीहरूको एउटा अपरेशनको एक हिस्साको रूपमा मारिएको जानकारी दिएका छन्’ बाइडेनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘डीएनए परीक्षणले पनि हमास नेताको मृत्यु भएको पुष्टि गरेको छ ।
बाइडेनले अक्टोबर ७ मा इजरायलमा हमासको हमलाको मुख्य योजनाकार याह्या सिनवार रहेको पनि बताएका छन ।