काठमाडौं, १ कार्तिक । शीर्ष तीन राजनीतिक दलहरु सत्य निरुपण आयोगका लागि सरकारले सिफारिस समिति बनाउने विषयमा सहमत भएका छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठकले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलगायतका विषयमा छलफल भएको नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिनुभयो हो ।
बस्नेतले छलफल शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने विषयमा सम्बन्धित रहेको बताउँदै सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी अघिल्लो सरकारको पालामा सर्च कमिटी गठन गरिएको तर पूर्णता पाउन नसकेको अवस्था रहेकाले अहिले सर्च कमिटीलाई तत्काल पूर्णता दिएर आयोग गठनको प्रक्रिया अघि बढाउने विषयमा सहमत भएको जानकारी दिएका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश बडाललगायत सहभागी भएको थियो ।