जनकपुर, १ कात्तिक । नेपाली कांग्रेसका नेता तथा संघीय सांसद विमलेन्द्र निधिले हरेक प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्नेमा जोड दिएका छन् ।
पूर्वगृहमन्त्री समेत रहेका निधिले जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा निधिले संघीयता कार्यान्वयनको सात वर्ष बितिसक्दा पनि प्रदेश प्रहरी ऐन पारित नहुनु दुःखुद रहेको बताएका छन ।
आफ्नै प्रहरी संगठन नहुँदा विभिन्न समस्या भोग्नुपरेको गुनासो प्रदेशबाट आउने उनले बताए ।